कलाकार आभाष अधिकारी व्यवसायमा लागेका छन्। चलचित्र ‘रामप्यारी’मा अभिनय गरेका आभाषले भक्तपुरमा ‘माछा हाउस’ खोलेका छन्।
नेपाली चलचित्रको ब्राण्डका रुपमा स्थापित कलाकार रेखा थापाको फिल्ममा अभिनय गरेका आभाषले त्यो पछि अर्को चलचित्रमा काम गर्न पाएनन्। पहिलो चलचित्रमा नै उनी नोटिस हुन सकेनन्। चलचित्रमा आफ्नो भविष्य नदेखेपछि उनी व्यवसायमा लागेका हुन्।
चलचित्रमा आफूले पाएको भूमिकाको न्याय गर्न नसकेको आभाषले बताएका छन्। चलचित्रप्रतिको आफ्नो मोह नटुटे पनि आफू पूर्ण तयार नभएसम्म चलचित्रमा नआउने बताएका छन्। उनले आफूले पाएको भूमिकाको न्याय गर्न सक्ने भएपछि पुनः चलचित्रमा आउने उनले बताए।
उनले चलचित्र क्षेत्रका मानिसले आफ्नो सम्झेर व्यवहार नगरेको पनि बताएका छन्। भन्छन्, ‘चलचित्र क्षेत्रमा कोही आफ्नो नहुने रहेछ’, आभाष रेखा थापाको दिदीका छोरा हुन्।
Shares

प्रतिक्रिया