कला


रोहमनसँग ‘ब्रेकअप’ भएको जानकारी दिँदै नायिका सुस्मिता सेनले लेखिन् : तर माया सधैं रहिरहनेछ!

रोहमनसँग ‘ब्रेकअप’ भएको जानकारी दिँदै नायिका सुस्मिता सेनले लेखिन् : तर माया सधैं रहिरहनेछ!

नेपालखबर
पुस ९, २०७८ शुक्रबार ४:५७, काठमाडौँ

बलिउड अभिनेत्री सुस्मिता सेन र मोडल रोहमन सलबीच ब्रेकअप भएको छ। 

सन् १९९४ की मिस युनिभर्स विजेतासमेत रहेकी अभिनेत्री सेनले आफ्नो ३ वर्षदेखिको प्रेम सम्बन्ध अन्त्य भएको जानकारी बिहीबार इन्स्टाग्राममार्फत दिएकी हुन्। तर सम्बन्ध टुटे पनि रोहमन सधैं आफ्नो साथी रहने पनि उनले लेखेकी छन्।

आफ्नो र रोहमनको संयुक्त तस्बिर पोस्ट गर्दै सुस्मिताले इन्स्टाग्राममा लेखेकी छन्, ‘हाम्रो सम्बन्ध साथीका रूपमा सुुरु भएको थियो, हामी साथीकै रूपमा रहने छौं। सम्बन्ध टुटे पनि हाम्रो माया सधैं रहिरहनेछ।’

तीन वर्ष पुरानो प्रेम सम्बन्ध किन टुट्ट्यो त? कारण भने सुस्मिताले खुलाएकी छैनन्।

उनीहरूबीचको उमेर १५ वर्षको अन्तर छ, अर्थात् सुस्मिता रोहमनभन्दा १५ वर्ष जेठी छन्। 

सुस्मिताले २ वर्षअघि बलिउड फिल्म पत्रकार अनुपमा चोपडासँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘'सुरुमा रोहमनले आफ्नो उमेर ढाँटेको थियो। म सधैं उसलाई 'तिमी एकदमै जवान देखिन्छौ, कति वर्षको भयौ' भनेर सोध्थेँ। ऊ भने 'तिमी आफैं अन्दाज गर' भन्थ्यो। पछि मैले उसको वास्तविक उमेर थाहा पाएँ। मभन्दा धेरै कान्छो भएकाले उसले उमेर ढाँटेको रहेछ।'

त्यो अन्तर्वार्ता प्रसारण हुँदा सुस्मिता ४४ वर्षकी थिइन् भने रोहमन २९ वर्षका। 

सुस्मिताले अन्तर्वार्तामा अगाडि भनेकी थिइन्, ‘त्यसैले मलाई लाग्छ– एकअर्कालाई हामी आफूले चुनेका होइनौं, भाग्यले जुराइदिएको हो।’

तर पछिल्लो केही समययता उनीहरूबीचको प्रेम सम्बन्ध गडबड हुँदै गएको चर्चा चलेको थियो। कतिपयले ब्रेकअप नै भइसकेको पनि भनेका थिए। तर दुवै पक्ष बाेलेका थिएनन्। अहिले भने अन्ततः सुस्मिता आफैंले यो कुरा पुष्टि गरेकी हुन्। 

यो पनिआफूभन्दा १५ वर्ष कान्छा रोहमनसँगको प्रेममा रमाइरहेकी थिइन् बलिउड नायिका सुस्मिता सेन, ब्रेकअप भएको हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad