गत जुलाईमा मात्र १५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउँदै श्रीमती किरण रावसँग सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता आमिर खानले आफ्नो प्रेमिका अभिनेत्री फतिमा साना शेखसँग तेस्रो बिहे गरेको भनेर सामाजिक सञ्जालमा तस्बिर भाइरल भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आमिर आफ्नो ‘दंगल’ फिल्ममा सँगै अभिनय गरेकी अभिनेत्री फतिमासँग प्रेम सम्बन्धमा छन्।

उनीसँगकै तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रशंसकहरूले उनीहरूले बिहे गरेको अनुमान गरेका हुन्। तस्बिरमा फातिमाले सारी लगाएकी छन् भने उनको सिउँदाेमा सिन्दूर पनि देखिन्छ।
तर वास्तवमा उक्त तस्बिर झुटो भएको पत्ता लागेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यो फोटोमा आमिर छेउकी महिला उनकै पूर्वपत्नी किरण हुन्। 
आकाह अम्बानी र श्लोका मेहताको इन्गेजमेन्टका बेला उनीहरूले त्यो तस्बिर (सारीमा रहेकी फातिमासँग आमिर देखाइएको तस्बिर) खिचाएका थिए।
त्यही फोटोमा केही व्यक्तिले किरणको टाउको हटाएर फातिमाको अनुहार जाेडेर सामाजिक सञ्जालमा सेयर गरेका रहेछन्। 
Shares

प्रतिक्रिया