कला


‘स्पाइडर म्यान–नो वे होम’ले कमायो १ अर्ब अमेरिकी डलर, बनायो रेकर्ड

‘स्पाइडर म्यान–नो वे होम’ले कमायो १ अर्ब अमेरिकी डलर, बनायो रेकर्ड

नेपालखबर
पुस १२, २०७८ सोमबार ११:३२, काठमाडौँ

प्रदर्शनको दिनबाटै सुखद व्यापार गरेको चलचित्र ‘स्पाइडर म्यान–नो वे होम’ले निकै राम्रो कमाइ गरेको छ। यो फिल्मले विश्वभरिबाट अर्बभन्दा धेरै अमेरिकी डलर आम्दानी गरेको हाे। 

कोरोना महामारीपछि रिलिज भएर सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्रका रुपमा यो फिल्मले रेकर्ड बनाएको छ। योसँगै ‘स्पाइडर म्यान–नो वे होम’ प्रर्दशन भएको छोटै समयमा धेरै आम्दानी गर्ने चलचित्रको दोस्रो सूचीमा परेको छ। 

प्रदर्शन भएको छोटो अविधिमा धेरै आम्दानी गर्ने चलचित्रको पहिलो सूचीमा भने ‘एभेन्जर्स इन्डगेम’ छ । उक्त चलचित्रले प्रदर्शन भएको ५ दिनमा यो रेकर्ड बनाएको थियो।

‘स्पाइडर म्यान–नो वे होम’ले अझै राम्रो कमाइ गर्ने आकलन गरिएको छ। यही डिसेम्बर १६ मा रिलिज भएको यो चलचित्रले धेरै दर्शकको मन जितिरहेकाे छ। ‘स्पाइडर म्यान–नो वे होम’ले प्रदर्शनको पहिलो दिननै ३२.६७ करोड र दोस्रो दिन २०.३७ करोड कमाइ गरेको हाे। 

टम हल्यान्ड र जेन्डाया अभिनित ‘स्पाइडर म्यान–नो वे होम’ जोन वाट्सले निर्देशन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad