गीतकार प्रकाशपुञ्जले ‘म्युजिक खवर म्युजिक अवार्ड’ को यो वर्षको संस्करणमा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन्। लामो समयदेखि नेपाली गीत संगीत र साहित्य लेखनमा कलम चलाएका प्रकाशपुञ्जका ४० भन्दा बढी गीत रेकर्डिङ भएका छन्।
वरिष्ठ गायक आनन्द कार्की, चर्चित गायिका इन्दिरा जोशी, मिलन नेवार, शर्मिला बर्देवा, सबिना कार्की, धिरज राई, सपन कुमार राई लागायत थुप्रै चर्चित गायक गायिकाहरुले प्रकाशपुञ्जको गीतमा स्वर दिएका छन्। यसअघि पनि उनका गीतहरु शीर्ष ५ को मनोनयनमा परेका थिए।
यस वर्ष उनले लेखेको ‘एउटा फुल टिपेर मनमा चढाएँ’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा स्वर तथा संगीत राज सागरको सुन्न सकिन्छ।
गीतमा राजन इसानले संगीत संयोजन गरेका थिए ।
42
Shares

प्रतिक्रिया