कला क्षेत्रमा बेलाबेला पारिश्रमिकको विषयलाई लिएर विवाद भइरहन्छ। कलाकारले समयमा पारिश्रमिक नपाएको गुनासो गर्ने गरेका छन्।
अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले पनि आफूले पारिश्रमिक नपाएको गुनासो गरेकी छिन्।
उनले आफूलाई समयमा पारिश्रमिक नदिने निर्माता/निर्देशकलाई तत्काल पैसा दिन आग्रह गरेकी छिन्।
पैसा नदिए उनीहरुको नाम सार्वजनिक गर्दिने राणाले चेतावनी दिएकी छिन्।
परमिताले इन्स्टाग्राम एकाउन्टको स्टोरीमा यो चेतावनी पूर्ण मेसेज पोस्ट गरेकी छिन्।
उनले विभिन्न समयमा काम गरेको पारिश्रमिक नपाएपछि दिक्क भएको बताएकी छिन्। आफूले मेहनत गरेको पैसा पनि भीख मागे जसरी माग्नु परेपछि दुःख लागेको उनले बताएकी छिन्।
उनले लेखेकी छिन्, ‘म आजित भइसकेँ । असाध्यै आजित भइसकेँ । अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु।’
Shares

प्रतिक्रिया