यस वर्षको वाईवाई मिसेस नेपाल वर्ल्डमा अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपालको उपाधि प्रदान गरिने भएको छ।
मिसेस नेपाल वर्ल्डको अन्तिम प्रतिस्पर्धामा उनलाई उक्त उपाधिबाट सम्मान गरिने भएको हो।
लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय गौरी जीवन्त अभिनय गर्ने कलाकार हुन्। उनले थुप्रै फिल्ममा निभाएको भूमिका लोकप्रिय छ।
कार्यक्रममा उनलाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएको छ।
यसअघि मिसेस नेपालकै मञ्चमा रिबन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो।
114
Shares

प्रतिक्रिया