कला


कपिल शर्माले नोरालाई भने– गुरुलाई जस्तै चुम्बन गर्ने भए मलाई पनि आठ-दसपटक...

कपिल शर्माले नोरालाई भने– गुरुलाई जस्तै चुम्बन गर्ने भए मलाई पनि आठ-दसपटक...

नोरा फतेही र गुरु रन्धावा


नेपालखबर
पुस १९, २०७८ सोमबार १६:३२, काठमाडौँ

नोरा फतेही र गुरु रन्धावा ‘द कपिल शर्मा शो’ मा देखिँदै छन्। शोमा हालै रिलिज म्युजिक भिडिओ  ‘डान्स मेरी रानी’ को प्रमोसनमा यी दुई देखिनेछन्।

उक्त शोमा दुईबीचकाे एउटा भिडिओ निकै भाइरल भइरहेको छ, जसमा नोराले एक प्रश्नको जवाफ दिँदै गुरु रन्धावाको मजाक उडाएकी छन्। जसका कारण गुरु रन्धावा रिसाउँछन्।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यसपछि नोरा फतेहीले उनको गालामा चुम्बन गर्छिन्।

यो देखेर कपिल शर्मा रिसाउँछन् र नोरालाई सोध्छन्– यसरी कसैलाई हाँसोमा उडाउँदा ऊ रिसायो भने फकाउन उसलाई चुम्बन दिनुहुन्छ?

जवाफमा नोरा फतेहीले भनेकी छन्– हो, म दिन्छु।

त्यसपछि कपिल शर्माले जब आफूलाई पनि त्यस्तो मजाक ८/१० पटकै गर्न भन्छन्, तब सबै जना हाँस्न थाल्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad