अहिले सामाजिक सञ्जालमा एउटा डान्स निकै भाइरल भइरहेको छ।
यो कुनै अभिनेता वा अभिनेत्रीको होला भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ। वास्तवमा यो नृत्य पाकिस्तानको नेसनल एसेम्बलीका सांसद अमिर लियाकत हुसैनले गरिरहेको डान्स हो, जसलाई देखेर पार्टीमा उपस्थित अतिथि स्तब्ध भए र यति धेरै ताली बज्यो कि पूरै हल गुञ्जियो।
करिब ६० सेकेन्डको उक्त भिडिओमा उनी बलिउड फिल्म मोहराको हिट गीत ‘टिप–टिप वर्षा पानी’ मा डान्स गरिरहेका छन्।
आफ्नो डान्सका क्रममा उनले यस्तो स्टेप्स गरे कि त्यहाँ उपस्थित पाहुना छक्कै परे। त्यहाँ उपस्थित सहभागीले सांसदको निकै प्रशंसा गरेका थिए। यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि लाखौंपटक हेरिएको छ।
हेर्नुहोस् ती पाकिस्तानी सांसदले गरेको त्यो भाइरल डान्स तल
— Taimoor Zaman (@taimoorze) January 5, 2022Tip Tip Barsa Paani 🔥🔥🔥 pic.twitter.com/0IBo4J4oqq
Shares

प्रतिक्रिया