नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहलाई रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषय अहिले चर्चामा छ। सरकारले यसको छानबिन गरिरहेको छ।
यो पनि : नारायणहिटीमा रेस्टुरेन्टबारे एकसाथ दुई निकायबाट छानबिन सुरु
उक्त समूहमा प्रधानमन्त्री शेरबहदुर देउवाकी पत्नी आरजु राणा देउवा पनि संलग्न रहेको आरोप यसबीच लगाइएको छ। तर उनले आफू त्यसमा नरहेको ‘स्पष्टीकरण’ दिइसकेकी छन्।
यो पनि : बताससँग नाम जोडेपछि आरजुले भनिन् : त्यो संस्थामा मेरो कुनै भूमिका छैन
बतास समूहले नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालन मात्र होइन, अन्य विकास निर्माणका काममा पनि हात हालिरहेको खबर एकपछि अर्काे सार्वजनिक भइरहेका छन्।
यसै सन्दर्भमा कलाकार दीपकराज गिरीले प्रधानमन्त्री देउवाविरुद्ध व्यंग्य गरेका हुन्।
उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा गीत लेखेर कटाक्ष गरेका हुन्।
उनले लेखेका छन्, ‘ओलीका पालामा हिट गीत– यति चोखो यति मीठो... देउवाको पालाको हिट गीत– चल बतास चल चल अझै वेगले चल।’
Shares

प्रतिक्रिया