कला


वर्षैपिच्छे प्रेम र विछोडका प्रश्नले हैरान वर्षा

वर्षैपिच्छे प्रेम र विछोडका प्रश्नले हैरान वर्षा

नेपालखबर
पुस २६, २०७८ सोमबार १७:३५, काठमाडौँ

नेपाली चलचित्र उद्योगमा त्यति चल्न नसकेकी अभिनेत्री हुन्– वर्षा शिवाकोटी। २ वर्ष अघिसम्म उद्योगमा उनको त्यति धेरै स्क्याण्डल पनि हुँदैनथ्यो।

केही समय यता वर्षा उद्योगमा चर्चाको केन्द्रमा छिन्। प्रेम, वियोग र पुनः प्रेमका कारण वर्षा निरन्तर चर्चाको पात्र बनिरहेकी हुन्। 

गत वर्ष मात्रै प्रेम वियोग बेहोरेकी वर्षा गत वर्षको होलीबाट अभिनेता राज कटुवालसँग प्रेममा परिन्। राजसँगको प्रेमपछि उनी कहिले दुबई त कहिले देशकै विभिन्न स्थानमा राजसँग पुगिन्। राज वर्षा दुवैले प्रेमिल तस्बिर सार्वजनिक गरे। म्यूजिक भिडिओमा युगल जोडीका रुपमा काम गरे। 

यहि बिचमा वर्षा आफ्नो डेरा छोडेर अपार्टमेन्ट किनेर बस्न थालिन। उक्त अपार्टमेन्टमा राजले लगानी गरेको चर्चा चलचित्र वृत्तमा चल्यो। वर्षा रिसाइन्। उनी यहि कुरालाई इस्यु बनाएर प्रेस काउन्सिलसम्म पुगिन्। 

अहिले पुनः वर्षाको राजसँग दूरी बढेको खबर सार्वजनिक भएको छ। देश तथा विदेशमा डेटिङ हिँडेकी वर्षाले भन्न थालेकी छिन् ‘राजसँग मेरो प्रेम थिएन।’ उनी भन्छिन्, ‘कोहीसँग नजिक हुँदैमा, कसैसँग हिँड्दैमा प्रेम नै हुन्छ भनेर बुझ्नु गलत हो। मैले प्रेम कहिले स्वीकार गरेको थिएँ र ब्रेकअपको कुरा आउँछ?’ 

वर्षाका दर्शक भने उनको यो कुरा पत्याउन तयार छैनन्। प्रेममा परेको एक वर्षपनि नहुँदै सामाजिक सञ्जाल तथा मिडिया उनीहरुका युगल तस्बिरले भरिएका छन्।

विभिन्न सभा, समारोहमा सँगै पुगेको यो जोडी भोलि टुट्न सक्छ भन्ने हेक्कै नराखि खुलेको थियो। वर्षाले बेला बेला आफूलाई प्रेममा असफल नायिका पनि भन्ने गरेकी छिन्।

वर्षाकै कुरा पत्याउने हो भने उनको राजसँग प्रेमनै थिएन। उनले मन मिल्ने जीवनसाथीको खोजीमा रहेको बताएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad