एक समय बाल गायकका रुपमा स्थापित गायक हुन्– प्रेम परियार।
उनले चलचित्र देखि सुगम संगीतमा पनि आवाज दिए। तर लामो समयदेखि उनी गुमनाम थिए। उनै गायक प्रेम नयाँ गीत सहित पुनः सांगीतिक बजारमा देखा परेका छन्।
‘मर्ने कसैलाई रहर हुँदैन’बोलको गीत गाएर चर्चामा आएका प्रेमले ‘यो मुटु त तिम्रै हो’बोलको गीत बजारमा ल्याएका हुन्।
बिष्णु निरौलाले लेखेको सार्वजनिक गीतमा राजेश थापाले संगीत गरेका छन्।
गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ। गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।
मुनाल शिशिर कोइरालाले निर्देशन गरेको म्यूजिक भिडियोमा डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाले अभिनय गरेका छन्।
सागर प्रधानले छायांकन गरेको भिडियो सम्पादन साहिल लम्सालले गरेका छन्।
48
Shares

प्रतिक्रिया