नियात्राकार जय छाङ्छा राईलाई २०७३ सालको साझा पुरस्कार प्रदान गरिएको छ।
शुक्रबार एक कार्यक्रमबीच साझा प्रकाशनले छाङ्छालाई पुरस्कार दिएको हो।
२०७३ सालमा प्रकाशित कृतिमध्ये छाङ्छाको कृति ‘दोहाको सीधा उडान’लाई साझा प्रकाशनले सर्वोत्कृष्टमा छनोट गरी सम्मान गरेको हो।
समारोहमा भूमिब्यवस्था मन्त्री शशी श्रेष्ठले छाङ्छालाई पुरस्कार प्रदान गरिन्।
साझाले भाषा साहित्यको विकासमा योगदान दिँदै आएका साहित्यकारको कृतिलाई र कृतिकारलाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ।
नियात्राकार छाङ्छा परराष्ट्र मन्त्रालयका पूर्व उपसचिव पनि हुन्।
72
Shares
प्रतिक्रिया