ad ad

कला


गायक कुमार सुब्बा गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

गायक कुमार सुब्बा गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

कुमार सुब्बा


नेपालखबर
माघ १, २०७८ शनिबार १५:४०, काठमाडौँ

गम्भीर विरामी रहेका दार्जिलिङका चर्चित गायक कुमार सुब्बालाई भेन्टिलेटरमा राखिएको छ। 

सुब्बाको पारिवारिका स्रोतले दिएको खबरको खण्डन गर्दै सिलिगुडीस्थित निओटिया गेटवेल नर्सिङ होमका डाक्टरले भेन्टिलेटरमा उनको उपचार भइरहेको जनाएका हुन्।

गम्भीर स्वास्थ्य अवस्था रहेका नेपाली मूलका भारतीय गायक कुमार सुब्बाको सिलिगुडीमा उपचार भइरहेको हो। 

दार्जिलिङ मूल घर भएका ७५ वर्षीय सुब्बा पछिल्लो समय सिलुगुडी बस्दै आएका छन्। गोपाल योञ्जन र कर्म योञ्जनका समकालीन सुब्बाले ‘सारंगीको तालले मेरो मनको गीत गाउँछ,’ ‘देउरालीका ठिटीहरू नक्कल पार्नु पर्दैन’ लगायतका गीतबाट चर्चित छन्। 

(गायक कुमार सुब्बाको पारिवारिक स्रोतलाई उल्लेख गरिएको यसअघिको खबरका कारण पर्न गएको दुखप्रति क्षमा याचना गर्दै अस्पतालका डाक्टरको भनाइअनुसार सच्याइएको छ–सम्पादक)।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .