गायक तथा संगीतकार अंकितबाबु अधिकारीले ‘कफी क्रस’ शीर्षक गीतमा भिडिओ सार्वजनिक गरेका छन्।
उक्त म्युजिक भिडिओमा गायक प्रताप दास र मोडल प्रियाना आचार्यले अभिनय गरेका छन्। जहाँ कुनै रेस्टुरेन्टमा अलग अलग टेबलमा कफी पिउँदै गरेका युवक र युवतीबीच प्रेम भएको देखाइएको छ।
नवीन भट्टले निर्देशन गरेकोे भिडिओमा अंकित वेटर बनेका छन्। भिडिओ अनिश स्याङ्देनले छायांकन गरेका हुन्।
अंकितले यसअघि ‘के माया लाग्छ र, राम नाम, सम्झनालाईलगायत गीत सार्वजनिक गरिसकेका छन्।
हेर्नुहोस् ‘कफी क्रस’ म्युजिक भिडिओ–
108
Shares
प्रतिक्रिया