ad ad

कला


अनमोलले ‘एक्स नाइन’को लागि पालेको जुँगा ‘पारस’का लागि फाले

अनमोलले ‘एक्स नाइन’को लागि पालेको जुँगा ‘पारस’का लागि फाले

नेपालखबर
माघ २, २०७८ आइतबार १४:५२, काठमाडौँ

कोरोनाको तेस्रो लहरका कारण नेपाली फिल्म प्रभावित हुन थालेका छन्। प्रदर्शन मिति सार्वजनिक गरेका केही फिल्म पछि हटिरहेका छन्।

हलमा लागेको ‘चपली हाइट’को सिरिजले पनि राम्रो ओपनिङ गर्न सकिरहेको छैन्। 

यसैबीच छायांकनमा निस्कने तयारीमा रहेको ‘एक्स नाइन’ युनिटले पनि छायांकन रोकेको छ। यो फिल्ममा अनमोल केसीले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने भएका थिए। यो चलचित्रका लागि अनमोलले आफ्नो शरीर पनि बनाइरहेका थिए। 

कलाकार छनौटकै क्रममा निक्कै प्रचार गरेको यो फिल्म निर्धारित समयमा छायांकन नहुने भएपछि अनमोल अर्को फिल्म ‘पारस’को सुटिङको तयारी गरेका छन्।

अनमोल सहित ‘एक्स नाइन’मा सौगात मल्ल, पुष्प खड्का, राज कटुवालले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने भएका थिए। कोरोना महामारीका कारण चलचित्रको सुटिङ पोस्पोन्ड गरेको निर्देशक मुकुन्द भट्टले जानकारी दिए। 

‘एक्स नाइन’मा बलिउड अभिनेता सुनिल सेठ्ठीले पनि अभिनय गर्ने भनेर प्रचार गरिएको थियो। यहि चलचित्रका लागि जुँगा पालेका अनमोल अहिले जुँगा फालेर ‘पारस’को छायांकन का लागि तयारी सुरु गरेका छन्। 

भुवन केसीले आफ्नै होमप्रोडक्सनमा निर्माण गर्न लागेको ‘पारस’को फागुनबाट छायांकन गर्ने केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .