ad ad

कला


क्रिकेट रंगशाला प्रकरण : धुर्मुस–सुन्तलीविरुद्ध अख्तियारमा उजुरी

क्रिकेट रंगशाला प्रकरण : धुर्मुस–सुन्तलीविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर
माघ ३, २०७८ सोमबार १०:५३, काठमाडौँ

रंगशाला निर्माणका नाममा चन्दा संकलन गरी रकम दुरुपयोग गरेको आरोपमा धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालिएको छ। 

भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध आइतबार उजुरी दिएका हुन्। 

अख्तियारमा दर्ता सी–०२३५०३ नम्बरको उजुरीमा धुर्मुस–सुन्तलीले नेपाल र विदेशमा रहेका नेपाली तथा भरतपुर महानगरपालिकाबाट गरेर ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप लगाइएको छ।

जम्मा १४ प्रतिशत काम गरेर उल्टै १७ करोड रुपैयाँ ऋण छ भनेर दाबी गरिनु हास्यास्पद भएको दाबी उजुरीकर्ता अधिकारीले गरेका छन्। 

दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको रंगशाला निर्माण परियोजनाका लागि उठाइएको रकमबराबर पनि नगरिएको भन्दै धुर्मुस–सुन्तलीलाई छानबिनको दायरामा ल्याउन माग गरिएको छ। 

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाबाट आर्थिक अभाव भएको भन्दै धुर्मुस–सुन्तलीले हात झिकिसकेका छभन् भने यसका बाँकी काम भरतपुर महानगरपालिकाले जिम्मा लिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .