यस वर्ष बलिउडका जोडी एकपछि अर्काे अभिभावक बनिरहेका छन्। अब यो सूचीमा गायक आदित्य नारायण झा र श्वेता पनि थपिएका छन्। आदित्यले सामाजिक सञ्जालमार्फत आफू बाबु बन्न लागेको जानकारी दिएका हुन्। तस्बिरमा श्वेता पेटमा बच्चा भएको झल्किने अवस्थामा देखिएकी छन्।
हामी हाम्रो पहिलो बच्चालाई स्वागत गर्न तयार छौं : आदित्य
आदित्य नारायणले आफ्नो एकाउन्टबाट प्रसूति सुटिङको तस्बिर सेयर गरेका छन्। यो तस्बिरमा उनी श्रीमती श्वेतालाई अँगालो हालेर बसिरहेका छन्। यससँगै उनले क्याप्सनमा लेखेका छन्, ‘हामी आफ्नो पहिलो सन्तानलाई स्वागत गर्न तयार छौं भन्ने कुरा जानकारी गराउन पाउँदा म र श्वेतालाई खुसी लागेको छ।’
उनको पोस्टमाई धेरैले बधाई दिएका छन्। गायिका श्रेया घोषालले कमेन्ट गर्दै लेखेकी छन्, ‘वाह कति खुसीको खबर सुनाउनुभयो। बधाई छ।’
आदित्य र श्वेताले २०२० डिसेम्बर १ मा विवाह गरेका थिए।
Shares

प्रतिक्रिया