हास्य कलाकार सागर लम्साल केही समय अघिसम्म ट्विन्स दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडासँग देखिन्थे। सागरले गर्ने हरेक प्रोजेक्टमा यो जोडी छुट्दैनथ्यो। प्रिज्मासँग त सागरको प्रेमको समेत चर्चा थियो। सागर र प्रिज्माको ट्रेजेडी पर्यो भनेर ठूलै रुवाबासी चल्यो। अन्तमा सागरले प्रिज्मा खतिवडा आफ्नो साथी मात्रै भएको बताए।
अन्ततः ट्विन्स दिदीबहिनी प्रिज्मा–प्रिन्सीलाई सागरले आफ्नो क्याम्पबाटै आउट गरेका छन्। यी दिदीबहिनीको ठाउँमा सागरले अर्का ट्विन्स दिदीबहिनी स्मारिका र समारिका ढकाललाई आफ्नो प्रोजेक्टमा भित्र्याएका छन्।
सागरले स्मारिका–समारिकालाई लिएर बनाएको नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भयो। मदन थापा र बिन्दु परियारले गाएको ‘मायाको भोको’ बोलको गीतको म्युजिक भिडिओमा सागर स्मारिका–समारिका दिदी बहिनीसँग देखिएका हुन्।
यो गीतको म्युजिक भिडिओ सार्वजनिक गर्दै गर्दा सागरले आफूलाई ट्विन्स नै फाप्नेसमेत भन्न भ्याए। उनले कार्यक्रममा प्रिज्मा–प्रिन्सीसँग सम्बन्धित प्रश्नको सामना गर्नुपर्यो। उनलाई धेरैले अब प्रिज्मा–प्रिन्सीसँग काम नगर्ने हो भनेर सोधेका थिए। उनले ‘हिजो प्रिज्मा–प्रिन्सीसँग काम गर्दा पनि अरुसँग काम नगर्ने हो भनेर प्रश्न गर्थे’ भनेर जवाफ दिए।
हेर्नुहोस् भिडिओ– ‘मायाको भोको’मा स्मारिका–समारिकासँग सागर
Shares

प्रतिक्रिया