अभिनेत्री मेलिना मानन्धर एक समय पर्दामा निकै जमेकी कलाकार हुन्।
फिल्ममा चलिरहेकै बेला यी अभिनेत्री श्रीमानसँग अमेरिका पसिन्। अभिनेता मुकेश ढकालसँग प्रेम विवाह गरेकी मेलिना त्यसपछि पर्दामा फर्किएकी छैनन्।
उनै मेलिना पर्दामा फर्किने बाटो कुरिरहेकी छिन्। उनले टिकटक लाइभमा एक प्रश्नको उत्तर दिने क्रममा नेपाली फिल्ममा फर्किने उपयुक्त समयको पर्खाइमा रहेको बताएकी हुन्।
सामाजिक सञ्जालमा दर्शकले सोधेका प्रश्नको जवाफ दिइरहेकी मेलिनाले चाँडै पर्दामा फर्किने सोच बनाएको बताएकी छिन्। उनले पर्दामा फर्किने उपयुक्त बाटो भने भेट्टाएकी छैनन्।
दर्शकसँग अन्तर्क्रिया गरिरहने मेलिनालाई उनका दर्शकले ठूलो पर्दामा फर्किन आग्रह गरिरहेका हुन्छन्।
उनले पर्दामा फर्किन आग्रह गर्ने दर्शकलाई भनेकी छिन्, ‘तपाइँहरूले मलाई चाँडै पर्दामा देख्न सक्नु हुनेछ। यसका लागि विचार गरिरहेकी छु।’
Shares

प्रतिक्रिया