टीभी अभिनेत्री करिश्मा तन्ना आफ्नो लामो समयदेखिका प्रेमी वरुण बंगेरासँग शनिबार बिहे गर्दै छिन्।
बिहेको एक दिनअगाडि करिश्मा र वरुणको मेहन्दी सेरेमनीको भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
भिडिओमा करिश्माका पति वरुण बंगेरा ड्रायरले मेहन्दी सुकाउँदै गरेको देखिन्छ।
वरुणले करिश्माको मेहेन्दी सुकाए
भिडिओमा करिश्मा कुर्सीमा बसेर मुस्कुराइरहेको देखिन्छ। अर्कातर्फ वरुण हेयर ड्रायरले खुट्टामा मेहन्दी सुकाउँदै गरेको देखिन्छ।
हेर्नुहोस् इन्स्टाग्राममा राखिएको यो भिडिओ–
फ्यानसँगै सेलिब्रेटीहरूले पनि यो भिडिओमा मायाको वर्षा गराउँदै दुवैलाई बधाई तथा शुभकामना दिइरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार करिश्मा र वरुणको विवाह आज फेब्रुअरी ५ मा हुँदै छ।
को हुन् वरुण बंगेरा?
वरुण मुम्बई निवासी व्यवसायी हुन्। उनी भिबी क्रप नामक कम्पनीका निर्देशक हुन्। वरुणले क्यानडाको ओटावा युनिभर्सिटीमा पढेका हुन्। वरुण करिश्माको पहिलो भेट दुवैका साझा साथीबाट भएको थियो। त्यसपछि दुवैले एकअर्कालाई डेट गर्न थाले। करिब डेढ वर्ष डेटिङ गरेपछि यो जोडीले गत वर्ष दुबईमा एक निजी समारोहमा इन्गेजमेन्ट गरेका थिए।
Shares

प्रतिक्रिया