आइतबार विहान भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भयो। आइतबार साँझै उनको अन्तिम संस्कार गरियो।
लतालाई अन्तिम श्रद्धाञ्जली दिन मुम्बईको शिवाजी पार्कमा थुप्रै नाम चलेका कलाकार पुगे।
लताको अन्त्येष्टिमा पुगेका अभिनेता शाहरुख खानको एक तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भैरहेको छ। शाहरुखले त्यहाँ प्रार्थना गरेको शैलीलाई लिएर भारतीय जनता पार्टी (बीजेपी)का एक पदाधिकारीले आलोचना गर्दै प्रश्न उठाए।
लताको शव नजिकै पुगेका शाहरुखले प्रार्थनाका लागि आफ्नो हात फैलाएका थिए। उनकी सेक्रेटरी पूजना ददलानीले हात जोडेर लतालाई श्रद्धाञ्जली दिइरहेकी थिइन्। प्रार्थनाको अन्त्यमा शाहरुखले तल झुकेर मुखको मास्क हटाउँदै पार्थिव शरीरमा फुकेका थिए। यहि तस्बिरलाई थुकेको भनेर सामाजिक सञ्जालमा बहस सुरु भएको हो।
यो तस्बिरलाई लिएर धेरैले टिप्पणी गरिरहेका छन्। शाहरुखको उक्त भिडियो शेयर गर्दै बीजेपी पदाधिकारीले लेखेका छन्, ‘के शाहरुख खानले थुकेका हुन्?’ उनले फुकेको कुरालाई थुकेको नाम दिएर समाजिक सञ्जालमा ट्रोल बनाइएको छ। पूजा ददलानीको तस्बिरलाई भने भारतको असली तस्बिर भनेर तारिफ गरिएको छ।
यहि विवादमा मिसिन आएकी छिन् प्रियंका चतुर्वेदी। उनले लेखेकी छिन्, ‘कोही व्यक्ति प्रार्थनाको लायक छैनन्, न दयाको। उनीहरुलाई मात्र औषधिको आवश्यक छ, मनको विषलाई समाप्त गर्नका लागि।’
शाहरुखमाथि प्रश्न उठाउनेलाई जवाफ दिदै कांग्रेस प्रवक्ता सुप्रिया श्री लेख्छन् ‘तपाई दिवङ्गत आत्माको लागि गरिएको प्रार्थनालाई पनि घृणा फैलाउन प्रयोग गरिहनुभएको छ। हामी सबै सोचौँ, के हामी दृष्टतालाई जित्न दिन सक्छौँ?’
Shares

प्रतिक्रिया