अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर–४’ आगामी वैशाख १ गते रिजिल हुँदै छ। जसको एउटा गीत शुक्रबार सार्वजनिक गरिएको छ।
‘फूलको थुंगा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। जुन गीतमा अस्मिता अधिकारी र सुगम पोखरेलको स्वर छ। यो गीतको हुक लाइन झरना थापा र श्रीकृष्ण श्रेष्ठ अभिनित ‘ए मेरो हजुर’ फिल्मको ‘फूलको थुंगा हौ कि’ भन्ने गीतबाट लिइएको हो।
–अनमोल केसी–सुहाना थापा अभिनित ‘ए मेरो हजुर–४’ को गीत सार्वजनिक (भिडिओ)
गीत सार्वजनिक कार्यक्रममा अनमोल केसीले श्रीकृष्ण श्रेष्ठको सम्झना गरे। उनले श्रेष्ठलाई सपनामा देखेको स्मरणीय घटना सुनाए।
अनमोलनका अनुसार उनले केही वर्षअघि श्रीकृष्ण श्रेष्ठ आएर आफूलाई हौसला दिएकाे सपना देखेका हुन्।
‘म कतै चलचित्रको छायांकन गरिरहेको थिएँ, छायांकनस्थलमा श्रीकृष्ण श्रेष्ठ सर आउनुभयो। उहाँले मलाई राम्रो गरिरहेका छौ, यसरी नै राम्रो गर्नु भन्नुभयो’, अनमोलले सुनाए, ‘सपनामा मैले यति मात्र याद गरें। बिहान उठेर फ्रेस भएर सामाजिक सञ्जाल खोल्दा मैले श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर थाहा पाएँ। सो कुराले म एकछिन स्तब्ध भएँ। जसलाई मैले सपनामा देखेँ, उहाँ अब यो संसारमा हुनुहुन्न भन्ने कुराले मलाई स्तब्ध बनायो। अहिले पनि यो कुरा भनिरहँदा म काँपिरहेको छु।’
Shares

प्रतिक्रिया