बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जालमा एकदमै सक्रिय छन्।
विशेष गरेर सामाजिक सञ्जाल ट्विटरमा उनी आफ्ना कविता, जोक्स र प्रेरणादायक भनाइका सेयर गर्ने गर्दछन्। पछिल्लो समय अमिताभले ट्विटरमा सेयर गरेको एउटा पत्रले सबैको ध्यान खिच्न सफल भएको छ।
बिग बिले आफ्ना छोरा अभिषेकले लेखेको एउटा पुरानो पत्र ट्विटरमा सेयर गरेका हुन्। यो पत्र त्यतिबेलाको हो जतिबेला अभिताभ घरभन्दा बाहिर सुटिङका लागि गएका थिए। त्यही समयमा अभिषेकले बाबा अमिताभलाई यो पत्र लेखेका थिए।
पत्रमा अभिषेकले लेखेका छन्, ‘प्यारो बुबा तपाईलाई कस्तो छ? हामी सबै ठिकै छौँ। म तपाईंलाई एकदमै सम्झन्छु। आशा छ, तपाईं छिट्टै नै घर आउनुहुन्छ। म तपाईंको खुसीका लागि प्राथना गरिरहेको छु, बाबा। भगवान हाम्रो प्राथना सुनिरहेका छन्। तपाई चिन्ता नगर्नुहोस्। आमा, श्वेता दिदी र घरको रेखदेख म गर्छु। म कलिहेकाँही ठट्टा गर्दछु। म तपार्इंलाई धेरै माया गर्छु, बाबा। तपाईंको प्यारो छोरा, अभिषेक।’
अमिताभले यो पत्र ट्वीटरमा सेयर गर्दै लेखेका छन्। ‘छोरा सपुत भए धन किन जोगाउनु?, छोरा कपुत भए किन धन जोगाउनु?’ छोरा असल भए धन जोगाउँनै नपर्ने र छोरा खराब भए धन जोगाएर पनि केही नहुने उनको भनाइ छ।
T 3549 - Abhishek in his glory .. a letter to me when I was away on a long outdoor schedule ..
पूत सपूत तो क्यूँ धन संचय ; पूत कपूत तो क्यूँ धन संचय pic.twitter.com/Tatw1VU1oj
अभिषेकले पनि आफ्नो पत्रमा आनन्द लिँदै लेखेका छन्, ‘हाँ...यो क्रिएटिव लेटर राइटिंग कोर्स लिनुभन्दा पहिलेको हो है।’
. @SrBachchan evidently before I took a creative letter writing course. ??♂️ https://t.co/VWWMISYgat
— Abhishek Bachchan (@juniorbachchan) November 15, 2019अमिताभ र अभिषेक बाबुछोरा भए पनि एक अर्काका साथ एकदमै नजिकको सम्बन्धमा सेयर गर्ने गर्दछन्। दुवैले पर्दामा पनि बाबुछोराको भूमिका निर्वाह गरेका छन्। बिदादेखि पार्टीसम्म बच्चन परिवार एकसाथ देखा पर्ने गर्दछन्।
Shares

प्रतिक्रिया