साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौँको गौरीनगरस्थित आफ्नै निवासमा बुधबार बिहान शर्माको निधन भएको हो। उनी ‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक हुन्।
त्यस्तै, शर्माका ‘महापुरुष’ र दिवास्वप्न’ उपन्यास तथा ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कृति प्रकाशित छन्।
उनको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
69
Shares

प्रतिक्रिया