कला


एकदेव लिम्बुको ‘झिमझिमाउने आँखा’ अब चिनियाँ भाषामा

एकदेव लिम्बुको ‘झिमझिमाउने आँखा’ अब चिनियाँ भाषामा

नेपालखबर
असार ३१, २०८३ बुधबार १४:३७, काठमाडौँ

गायक एकदेव लिम्बुको हिट ‘झिमझिमाउने आँखा’ लाई चिनियाँ भाषामा पनि सुन्न पाइने भएको छ। नेपाली र हिन्दीपछि यो गीत अब चिनियाँ भाषामा तयार भएको हो। 

यस गीतलाई प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले आधिकारिक रूपमा चिनियाँ भाषामा रूपान्तरण गरेको जानकारी लिम्बुले दिए। उनले आफ्नो गीत ३ भाषामा तयार भएको जनाउँदै इन्स्टाग्राम स्टोरीमार्फत सपना पूरा भएको उल्लेख गरेका छन्। 

साथै, लिम्बुले यो अवसरमा प्रशंसकलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘मैले यो गीत कुनै चर्चा वा व्यावसायिक सफलताको लागि नभई आफ्ना वास्तविक भावना पोख्नका लागि लेखेको थिएँ। आज एउटा नेपाली गीतलाई विश्वकै ठूलो मञ्चमा, अन्तर्राष्ट्रिय दर्शकका सामु एक ग्लोबल स्टारले प्रस्तुत गरिरहनुभएको छ। यो मेरो मात्र होइन, सिंगो देश र नेपाली सङ्गीतकै ठुलो उपलब्धि हो।’

गायिका लुसीले मकाउमा हालै आयोजित आफ्नो चर्चित ‘स्टे रोमान्टिक’ कन्सर्टमा यस गीतलाई चिनियाँ भाषामा लाइभ प्रस्तुत गर्दै हजारौँ दर्शकलाई सरप्राइज दिएकी थिइन् ।

चिनियाँ भाषामा यो गीतको बोल ‘स्याओ स्याओ’ राखिएको छ। लुसीले यस गीतलाई चिनियाँ-तिब्बती लोक शैलीको फ्युजनमा निकै सुमधुर ढंगले प्रस्तुत गरेकी छिन्, जसलाई चिनियाँ तथा नेपाली सङ्गीतप्रेमीले रुचाएका छन् ।

लिम्बुको यो गीत रिलिज लगत्तै ग्लोबल हिट भएको थियो। युट्युबले ट्रेन्डिङ पृष्ठ हटाउनुअघि यो गीतको ग्लोबल ट्रेन्डिङमा थियो भने स्पोटीफाईमा भारतसहितका केही देशमा उत्कृष्ट ५० को भाइरल गीतको सूचीमा समावेश थियो ।

यसअघि भारतीय गायिका नेहा कक्करले पनि यस हिन्दीमा ल्याइसकेकी छिन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad