गायक रामकृष्ण ढकालले प्रणय दिवसको अवसर पारेर आफ्नो श्रोतालाई उपहार स्वरुप नयाँ गीत पस्किएका छन्।
उनले आफ्ना श्रोतालाई ‘तिमीले बोल्ने बोली’ बोलको गीत सार्वजनिक गरेका हुन्।
सार्वजनिक गीत नेत्र कोइरालाले लेखेका हुन । दीपक शर्माले संगीत गरेको गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन्।
रोमान्टिक शैली गीतको म्युजिक भिडियो सुव्रत आचार्यले निर्देशन गरेका हुन्। भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन्।
उत्सव दाहालको छायांकन रहेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन्। यो म्युजिक भिडियो खुशी गुरुङले निर्माण गरेकी हुन्।
भिडिओ-
30
Shares

प्रतिक्रिया