दुई सय करोड भारतीय रुपैयाँ मनी लाउन्ड्रिङ काण्डका अभियुक्त सुकेश चन्द्रशेखर र अभिनेत्री ज्याकलिन फर्नान्डिजबीच सम्बन्धले केही दिनअघि निकै चर्चामा आयो।
सुकेशसँगका गोप्य तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि तनावमा परेकी अभिनेत्री ज्याकलिनले आफूलाई सार्वजनिक जीवनबाट टाढै राखेकी थिइन्। यसपछि ज्याकलिन सार्वजनिक स्थानमा कमै देखिन्थिन्। तर अहिले उनी बिस्तारै आफ्नो दिनचर्यामा फर्किएकी छन्।
साथीहरूसँग पार्टी गर्न बाहिर निस्किइन् ज्याकलिन
ज्याकलिन करिब एक महिनापछि सार्वजनिक जीवनको आनन्द लिँदै गरेको अवस्थामा देखिएकी छन्। उनी भ्यालेन्टाइन्स डे मनाउन आफ्ना साथीहरूसँग पार्टीमा आएकी थिइन्। यस क्रममा उनी निकै खुसी देखिइन्।
ज्याकलिनले फोटोग्राफरहरूलाई पनि पोज दिएकी छन्। उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
निजी तस्बिर बाहिरिएपछि...
हालै सुकेशसँगको उनको लभबाइटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे।

त्यसपछि ज्याकलिनले मिडिया र फ्यानलाई यो तस्बिर भाइरल नबाइदिन अपिलसमेत गरेकी थिइन्। याे घटनाले ज्याकलिनकाे भाेक निद्रा हराएकाे थियाे। त्यसपछि उनी किताब पढेर आफूलाई तनावमुक्त राख्ने प्रयास गरिरहेकी खबर आएको थियो।
Shares

प्रतिक्रिया