चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ। ६४ वर्षका आचार्यको बुधबार राती निधन भएको हो।
नयाँ चलचित्र निर्देशनको तयारी गरिरहेका आचार्य कोटेश्वर बस्दै आएका थिए। उनका श्रीमती र छोरा विदेशमा बस्दै आएका छन्।
छोरा र श्रीमती आइपुग्न ढिला हुने भएपछि निर्देशक आचार्यको अन्तिम संस्कार उनका दाजु कृष्ण आचार्यले गरेका छन्।
नेपाली कथानक चलचित्र ‘तिलहरी’बाट निर्देशन यात्रा सुरु गरेका उनले ‘टुहुरो’, ‘माटो बोल्छ’, ‘बन्धन’, ‘आमा’, ‘मायाको साइनो’ लगायतका चलचित्र निर्देशन गरेका थिए।
आचार्यले ‘दुश्मन’, ‘आमा’ लगायतका टेलिसिरियल पनि निर्देशन गरेका थिए। उनले अन्तिम पटक निर्देशन गरेको चलचित्र ‘प्रीतिको फूल’ हो।
309
Shares

प्रतिक्रिया