कला


दीपाश्री निरौलालाई विशेष सम्मान

दीपाश्री निरौलालाई विशेष सम्मान

नेपालखबर
फागुन ८, २०७८ आइतबार १५:२४, काठमाडौँ

लिम्बु भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ।

पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बु फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ। 

लिम्बु म्युजिक भिडियोतर्फ निर्देशक सागर केरुङ, गायक संगम लिम्बु, गायिका मिलन नेवार, नायक (मोडल) विशाल सेनेहाङ, नायिका (मोडल) रुपा आङबुहाङ, गीतकार विष्णु इङनाम, संगीतकार संगम लिम्बु र छायांकनमा इशक जबेगुले अवार्ड प्राप्त गरे।

त्यस्तै नवनायकमा सन्जिव थेबे र नव नायिकामा विमला खजुम उत्कृष्ठ ठहरिए। त्यसै गरि लिम्बु पालाम विधातर्फ गायक जिवन केदेम, गायिका मनु नेम्वाङ, नायक (मोडल) भिम थेबे, नायिका (मोडल) लक्ष्मी योङहाङ, गितकार रिता ठूली फोम्बो, संगितमा तेज मेन्याङ्बो, छायांकनका युवराज राई र निर्देशनमा हाङ चेम्जङले अवार्ड पाउन सफल भए। 

वर्षको सबै भन्दा बढि म्युजिक भिडियो निर्देशन गर्ने उत्कृष्ट एवम् सफल (ब्रेक थ्रो) अवार्ड निर्देशक लोकेन साँबाले प्राप्त गरे भने उत्कृष्ट भिडियो आन्छि मिम आफाल्ले मेसिनेन, उत्कृष्ट संस्कृति भिडियो मुकुम्लुङ, डायसपोरा अवार्ड हेमराज अन्छाङ्बो, एप्रिसिएसन अवार्ड नरेश लिम्बु र उत्कृष्ट मातृभाषा गायनमा डिआर हाङसरुम्बाले हात पारे। 

फाल्गुनन्द लिङदेन फिल्म आयोजक रहेको यस कार्यक्रममासफल निर्देशक दिपाश्री निरौलालाई एफ. एल. एफ. विशेष सम्मान गरिएको थियो भने यासेलि योङहाङ र बिनोद सेरेङलाई जुरि सम्मान गरिएको थियो। कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट निर्माता निर्देशक तथा गायक हस्त लिबाङलाई प्रदान गरिएको थियो। 

कार्यक्रममा मिलन नेवार, रुकसना लिम्बु, विशाल सेनेहाङ, नुमा शेर्पा, मनिषा राईको प्रस्तुति रहेको थियो भने कलाकार तथा मुन्धुमविद यासेली योङहाङले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad