बलिउड अभिनेता शाहरुख खानको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा शाहरुख लामो कपाल र बाक्लो दाह्रीका साथ कालो सुटमा देखिएका छन्। शाहरुखका फ्यानहरूले यो तस्बिरलाई धेरै सेयर गरिरहेका छन्। यो तस्बिर शाहरुख खानको आगामी फिल्म ‘पठान’को क्यारेक्टर हुन सक्ने अनुमान फ्यानले गरेका छन्।
२०१७ फोटोसुटको फोटोसप संस्करण
धेरैले भने शाहरुखको यो नयाँ लुक उनको अर्को फिल्म पठानको हो। तर, वास्तवमा यो तस्बिर उनको पुरानो फोटोसुट २०१७ को फोटोसप संस्करण हो।

उनको फोटोसुट डब्बु रत्नानीले गरेका हुन्। फेसबुकमा फोटो सेयर गर्दै डब्बुले क्याप्सन लेखेका छन्, ‘सेक्सी हुनु कुनै आकार होइन, यो एउटा मनोवृत्ति हो ठूलो प्रेम! शाहरुख खान।’
114
Shares

प्रतिक्रिया