साहित्यकार किरण पल्पसा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘लौन के गरौँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।
अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रवर्द्धनमा लागि परिरहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।
भिडियोमा ‘हल्का रमाइलो’की कलाकार इस्टु कार्कीसँग मोडल प्रबिन डिसीको रोमान्स देख्न सकिन्छ।
भिडियोमा एक प्रेमिल जोडीको प्रेम कहानी र दिन उमेरमा आँखा हेरा हेरैमा हुने प्रेमलाई कलात्मक शैलीमा निर्देशक जस बहादुर याक्खाले भिडियोमा देखाएका छन्।
दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ।
भिडिओ
51
Shares

प्रतिक्रिया