कला


श्रद्धाञ्जलीका लागि गायक लामाको पार्थिव शरीर आज राष्ट्रिय नाचघरमा राखिने

श्रद्धाञ्जलीका लागि गायक लामाको पार्थिव शरीर आज राष्ट्रिय नाचघरमा राखिने

नेपालखबर
फागुन १२, २०७८ बिहिबार ४:५७, काठमाडौँ

बुधबार मृत्यु भएका गायक तथा कलाकार जयनन्द लामाको शव आज राष्ट्रिय नाचघर जमलमा राखिँदै छ। कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि बिहान १० बजे उनको शवलाई राष्ट्रिय नाचघरमा राख्न लागिएको हो। 

लामाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन्।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका ६६ वर्षीय लामा भक्तपुरस्थित कौशलटारमा बस्दै आएका थिए। 

बुधबार बिहान लामा आफ्नै घर अगाडि मृत फेला परेका थिए। गाडिबाट ओर्लने क्रममा अल्झिएर लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

लोक गायक तथा संकलक लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै संकलन गरेका छन्। उनी अभिनयमा पनि सक्रिय थिए।

लामाले गाएका ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘मुलाको चाना’, ‘सलल पानी’ लगायतका गीत लोकप्रिय छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad