जबरजस्ती करणी आरोप लागेपछि आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका अभिनेता एवम् मोडल पल शाहलाई अदालतमा पेस गर्ने तयारी भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आइतवारै जबरजस्ती करणी उद्योगअन्तर्गत उनलाई अदालतमा पेस गर्ने तयारी गरेको हो। अदालतबाट म्याद लिएर प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाउनेछ।
गत बुधबार एकजना नाबालिग गायिकाले ३२ वर्षीय शाहमाथि जबरजस्ती करणी आरोपसहित जाहेरी दिएकी थिइन्।
त्यसपछि एकाएक सम्पर्कविहीन भएका शाह आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि पक्राउ गरिएको हो।
मुलुकी अपराध संहिता अनुसार १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
पहल शाहले करणी गरेको ठहर भएमा यही सजाय हुनसक्छ। कानुनले १८ वर्ष मुनिका किशोरीसँग सहमतिमा यौनसम्बन्ध गरे पनि बलात्कार मानिन्छ।
सुरुमा बिहे गर्छु भनेर पल शाहले करणी गरेको पीडितको गुनासो छ। तर विवाह नगर्ने बताएपछि घटना सार्वजनिक भएको थियो।
Shares

प्रतिक्रिया