कला


‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि रमा खड्कालाई

‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि रमा खड्कालाई

नेपालखबर
फागुन १६, २०७८ सोमबार १०:४०, काठमाडौँ

मोडल सङ्स नेपालले नेपालमै पहिलोपटक आमा भइसकेका सकेका नारीलाई लक्षित गर्दै आयोजना गरेको मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम–ब्युटी कन्टेस्ट’को शीर्ष उपाधि रमा खड्का पौडेलले जितेकी छन् ।

शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत हात पारिन् । 

उनले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पोल्टामा पारिन् । प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा पूर्व सूचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव प्रमुख अतिथी थिए ।

प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपिका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए ।

आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भईसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेण्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले आफूलाई नेपालको सबैभन्दा सुन्दर आमा साबित गर्न नेपालभर छरिएर रहेका आमाहरूलाई चाँडै नै शुरु हुने प्रतियोगिताको दोश्रो संस्करणमा सहभागिता जनाउन आव्हान गरे । 

प्रतियोगिताका कोओर्डिनेटर सोमराज बास्तोलाले अन्तिम प्रतिस्पर्धीलाई र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विविध विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण प्रदान गरिएको बताए ।

कार्यक्रममा अभिनेता भुवन केसी, कलाकार किरण केसी, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्मालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad