कारोना महामारीका कारण लामो समय मनोरञ्जन क्षेत्र ठप्प रह्यो।
फिल्म उद्योग बिस्तारै गति लिइरहेको छ। धेरैले अपेक्षा गरेका थिए ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएपछि फिल्म उद्योग तात्ने छ। उद्योगको यो अपेक्षा पूरा भएको छ। तर यो फिल्म हलबाट उत्रिएपछि लाग्ने फिल्मले दर्शक तान्छ तान्दैन थाहा छैन।
कोरोनाको तेस्रो लहर आउँदै गर्दा देशभर थुप्रै मेला महोत्सव चलिरहेका थिए। कति घोषणा गरेर तयारी गरिरहेका थिए।
कलाकार स्टेजमा आफ्नो पुरानो क्रेज फर्काउने दाउमा थिए। तर, मेला महोत्सव मात्रै होइन् फिल्म हल पनि बन्द भए। मनोरञ्जन क्षेत्र सुनसान देखियो।
केही महिनाको सन्नाटापछि मेला महोत्सवले पनि बिस्तारै गति समात्न थालेका छन्। धमाधम मेला महोत्सवहरुको पनि घोषणा हुन थालेका छन्।
गायक गायिकाहरु पुनः स्टेज चढ्ने तयारीमा छन्।
कोरोनाको तेस्रो लहरपछि गायक हेमन्त शर्मा पहिलो पटक आउने बिहिबार चितवनमा हुने सांगीतिक प्रस्तुती दिँदै छन्। रुपन्देहीको देवदहमा हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन गायक प्रकाश सपुत देवदह पुगिसकेका छन्।
उता कैलालीमा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’भइरहेको छ। उक्त महोत्सवमा सहभागिता जनाउन गायिका मेलिना राई अत्तरिया पुगेकी छिन्। ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’सकेर मेलिना धरानमा हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन जानेछिन्।
आइतबार रुपन्देहीको तिलोत्तमामा सांगीतिक प्रस्तुति दिएकी गायिका प्रीति आले मंगलबार सांगीतिक प्रस्तुतीकै लागी गुल्मी पुग्नेछिन्।
कोरोना संक्रमणदर कम भएसँगै आइतबार (हिजो)बाट ‘रत्ननगर महोत्सव २०७८’ सुरु भएको छ। कैलालीमा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’, नवलपरासीमा ‘बर्दघाटमा मेला एवं महोत्सव’ भैरहेको छ। देशका विभिन्न भेगमा मेला महोत्सव गर्ने तयारी भइरहेको छ।
Shares

प्रतिक्रिया