कला


पलको पक्षमा प्रदर्शनको तयारी

पलको पक्षमा प्रदर्शनको तयारी

नेपालखबर
फागुन १६, २०७८ सोमबार १३:५८, काठमाडौँ

बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका  नायक पल शाहका समर्थकले काठमाडौंको अनामनगरमा विरोध प्रदर्शनको तयारी गरेका छन्।

पलले आफूविरुद्ध षडयन्त्र भयो भनेर सार्वजनिक भएका सामग्री राखेपछि समर्थकले उनको पक्षमा र्‍याली निकाल्ने तयारी गरेका हुन्।

आफूविरुद्ध बलात्कारको उजुरी परेको चौथो दिन अभिनेता पल शाह तनहुँ प्रहरीमा पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूविरुद्ध जाहेरी परेको चौथो दिन आइतबार आत्मसमर्पण गर्न पुगेका पललाई जिल्ला अदालतले सात दिन न्यायिक हिरासतमा राख्न आदेश दियो।

पल अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा छन्। उनलाई भेट्न युट्युबमा समाजसेवी कहलिएका पुण्य गौतमदेखि सांगीतिक क्षेत्रका कलाकार तनहुँ पुगेका छन्।

गायक तथा संगीतकार योगेश काजीलाई भने उजुरी उपर बयानका लागि प्रहरीले बोलाएको छ। योगेश बयानका लागि तनहुँ प्रहरी कार्यालय पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad