बबी देओलको फिल्म ‘लभ होस्टल’ रिलिज भएको छ, जसमा उनको अभिनयको निकै तारिफ भइरहेको छ। जी५ मा रिलिज भएको यस फिल्ममा बबी देओलले भिलेनको भूमिका निर्वाह गरेका छन्। फिल्ममा बबीको अभिनय देखेर फ्यानहरु छक्क परेका छन्।
फिल्ममा बबीले नकारात्मक भूमिका निर्वाह गरेका छन्। जसलाई देखेर फिल्म स्टारहरुले पनि निकै तारिफ गरिरहेका छन्।
बबी देओलको लुक्स र अभिनयको चर्चा सामाजिक सञ्जालमा तीव्र रूपमा भइरहेको छ।
बबीको अभिनय देखेर सलमान खानले पनि आफूलाई रोक्न सकेनन्। सलमान खानले इन्स्टाग्राममा एक पोस्ट गरेका छन्। जसमा उनले बबी देओलको फिल्म ‘लभ होस्टल’ को तारिफ गरेका छन्।
सलमानले आफ्नो पोस्टमा ‘लभ होस्टल’ मा बबीको अभिनयको तारिफ सुनिरहेकाे लेखेका छन्। बबीलाई शुभकामना दिँदै उनले भनेका छन्, छमलाई आशा छ– उनले आफ्नो राम्रो अभिनय जारी राख्नेछन्।’
Shares

प्रतिक्रिया