कला


पल नहुँदा पनि दर्शक तान्ने पूजाको ‘म यस्तो गीत गाउँछु २’

पल नहुँदा पनि दर्शक तान्ने पूजाको ‘म यस्तो गीत गाउँछु २’

नेपालखबर
फागुन १९, २०७८ बिहिबार १४:२१, काठमाडौँ

लामो समयपछि नेपाली सिनेमा घरमा भिड देखिएको छ।

कोरोनाका कारण सुनसान रहेका सिनेमा घरमा नेपाली सिनेमाले दर्शक पाएको पहिलो चलचित्र हो ‘म यस्तो गीत गाउँछु २।’

यो चलचित्रले प्रदर्शनको दुई दिनमै १ करोड ८० लाख रुपैयाँ संकलन गरिसकेको छ। 

यो फिल्मका शिर्ष अभिनेता पल शाहमाथि फिल्म रिलिजको अघिल्लो दिन जबर्जस्ती करणीको उजुरी पर्‍यो।

उजुरी परेको चौथो दिन प्रहरीकोमा आत्मसमर्पण गर्न पुगेका पल अहिले न्यायिक हिरासतमा छन्। पलको यो केशले फिल्ममा भने असर गरेको छैन्। हलमा दर्शकको निकै ठूलो भिड देख्न सकिन्छ। 

यो चलचित्रमा नायिका पूजा शर्माले लगानी गरेकी छिन्। नायिकाका रुपमा पनि पूजाले नै शिर्ष भूमिकामा रहेर अभिनय गरेकी छिन्।

सुदर्शन थापाले निर्देशकन गरेको चलचित्रमा थापाले पूजासँग लगानीमा सहकार्य गरेका छन्।  

यो चलचित्रमा पूजा र पलका साथमा कलाकार हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad