कला


‘म यस्तो गीत गाउँछु २’ रिलिजमा सुदर्शनले भोगेको नमिठो पल

‘म यस्तो गीत गाउँछु २’ रिलिजमा सुदर्शनले भोगेको नमिठो पल

नेपालखबर
फागुन २०, २०७८ शुक्रबार ११:४६, काठमाडौँ

लामो समयपछि नेपाली सिनेमा घरमा दर्शक फर्काउने चलचित्र बन्यो ‘म यस्तो गीत गाउँछु २’। अभिनेत्री पूजा शर्मासँग निर्माणमा सहयात्रा गर्दै सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रले कोरोनाका कारण प्रदर्शन हुनै साढे २ वर्ष पर्खिनुपर्‍यो। प्रदर्शनका क्रममा पनि विभिन्न उतार चढाव देखिए। 

फिल्म प्रदर्शनको अघिल्लो दिन सोही फिल्मका नायकविरुद्ध प्रहरीमा बलात्कारको जाहेरी पर्नु। प्रहरीको न्यायिक हिरासतमा रहेका हिरोको पक्षमा बोल्ने बहानामा पीडितलाई झन पीडा दिने गरी बोलेर नायिका पनि विवादमा तानिनुले फिल्ममा असर गर्ला भन्ने सुदर्शनलाई चिन्ता थियो।

तर दर्शकले हलमा जनाएको उपस्थितिलाई लिएर खुशी भएका सुदर्शनले यही फिल्म प्रदर्शन भइरहँदा केही नमिठा अनुभूति पनि सँगालिरहेका छन्।

सुदर्शनको भनाई मान्ने हो भने रजतपटको एउटा एपिसोड किन्न प्रकाश सुवेदीले सुदर्शनलाई आग्रह गरेका थिए।

सुदर्शन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘केही समय अगाडी कार्यक्रम रजतपटले एउटा एपिसोड ‘म यस्तो गीत गाउछु २’ विशेष बनाउ भन्दै एउटा एपिसोड किनिदिन आग्रह गरेको थियो। सो आग्रहलाई निर्माण कम्पनीले नमानेपछि अर्को प्रस्ताव आएको थियो। प्रस्ताव यस्तो थियो नायिका पूजा शर्माले उहाँको कार्यक्रममा अन्तर्वार्ता दिनुपर्ने।’ 

सुदर्शन अगाडी लेख्छन् ‘उक्त अन्तर्वार्ता दिएबापत रजतपटले फिल्मको प्रमोसनमा सहयोग गर्ने प्रस्ताव थियो। जुन स्वीकार गर्न सकिएन।’

सुवेदीको प्रस्ताव स्वीकार गर्न नसक्नुको कारणमा सुदर्शन विभिन्न सेगमेन्ट अन्तर्गत कलाकारलाई अलमल्याउने र बदनाम गर्ने उनको नियत बताएका छन्। सुदर्शनको यही अस्वीकारको कारण सुवेदीले अहिले आफ्नो फिल्म युनिटलाई मात्रै नभएर फिल्म हेर्न आउने दर्शकलाई पनि गाली गरेकोप्रति आपत्ति जनाएका छन्। 

सुदर्शनले आफ्नो फिल्मको छायांकारको नाम र फोटो समेत गलत राखेर कार्यक्रम बनाएकोमा पनि चित्त दुखाएका छन्। उनले आपफ्नो मात्रै नभएर लाखौं दर्शकको भावनामाथि सुवेदीले खेलबाड गरेको आरोप लगाएका छन्। सुवेदीले आफ्नो कार्यक्रममा ‘म यस्तो गीत गाउँछु २’ हेर्न जाने दर्शकलाई भेडाको संज्ञा दिएका थिए।

सुदर्शनले फिल्म हेर्न आउने दर्शप्रति आभार प्रकट पनि गरेका छन्। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले प्रदर्शनको एकसाता सफलतापूर्वक बिताएको छ। आजबाट यो फिल्मसँग अर्को चलचित्र ‘लप्पन छप्पन २’ले प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad