कला


राजेश हमाल भन्छन् : काठमाडौंको मेयर बन्नु पर्छ कि क्या हो?

राजेश हमाल भन्छन् : काठमाडौंको मेयर बन्नु पर्छ कि क्या हो?

नेपालखबर
फागुन २६, २०७८ बिहिबार १७:५०, काठमाडौँ

सुपरस्टार राजेश हमाल चार वर्षयता ठूलो पर्दामा आउन छाडेका छन्  तर अहिले पनि उनी म्युजिक भिडिओमा व्यस्त करिअरको छन्। 

अहिले उनी विभिन्न स्टेज कार्यक्रम, ब्रान्ड इन्डोर्समेन्ट, उद्घाटन, म्यूजिक भिडियो, टेलिभिजन शोमा व्यस्त छन्। 

चार वर्ष मौन रहेपछि यो वर्ष उनले‘सत्यम्’ साइन गरेका थिए। तर, कोरोना महामारीका कारण फिल्म छायाँकन नै भएन।  फिल्म खेल्न नपाएपछि उनी अहिले म्यूजिक भिडियोमा रमाएका छन्। 
नेपाली फिल्मका अधिकांश कलाकार युट्युब च्यानल खोलेर व्यस्त भइरहँदा राजेशले बल्ल एकाउन्ट खोलेका छन्। 

हमालले पनि युट्युबमा डेब्यू गर्दै भ्लगका रुपमा आफ्ना गतिविधि दर्शकमाझ पस्किने भएका छन्। उनले ‘राजेश हमाल अफिसियल’ यूट्युब च्यानल खोलेका छन् 

 
बुधवार हमालले युट्युबमा एउटा भ्लगको ट्रेलर अपलोड गरेका छन्। त्यसमा उनले काठमाडौंलाई सुन्दर बनाउने कुरामा कसैको ध्यान जान नसकेकोमा चिन्ता जनाएका छन्। 

‘एकचोटी काठमाडौं शहरको मेयर बन्नु पर्छ कि क्या हो ?’ उनले भनेका छन्। हमालले आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा जानकारीमुलक एक ‘टक शो’ पनि चलाउने  बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad