कला


‘गाउँले ठिटो’ रिलिज गर्दै राजेश हमालले भने : मेयर हुने भनेर व्यंग्य गरेको हुँ (भिडिओसहित)

‘गाउँले ठिटो’ रिलिज गर्दै राजेश हमालले भने : मेयर हुने भनेर व्यंग्य गरेको हुँ (भिडिओसहित)

नेपालखबर
फागुन २७, २०७८ शुक्रबार १९:२, काठमाडौँ

नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलिज भएको छ।

शुक्रवार राजधानीमा एक कार्यक्रमबीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो। 

गीतको भिडिओमा नायक हमालको अभिनय पनि रहेको छ।

गोविन्द भट्टको शब्द रचना तथा सन्तोक श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले वेषभूषामा देखिएका छन्।

रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा छ। 

भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ। 

कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको भएको बताए। उनले गाउन केवल प्रयास मात्रै गरेको बताए।

हमालले आफुले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको बताए।

कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रशंगमा हमालले आफुले व्यंग्यात्मक रुपमा उक्त कुरा भनेको बताए।

‘कुनै नराम्रो शहरमा पनि केहि न केही सुन्दर पक्ष हुन्छ। तर, काठमाडौंमा केही पनि छैन’, उनले भने, ‘परिवारसँग समय बिताउने स्तरीय स्थान समेत छैन। यसतर्फ कसैको ध्यान छैन। केही न केही त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ।’

कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिति थियो। भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन्। 

गीत हेर्दा रमाइलो लागेको बताउँदै उनले यो गीत गाउन आफुले प्रेरित गरेको सुनाइन्। 

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad