कला


बलात्कारमाथिको कानुन संशोधनको माग गर्दै समृद्धि फाउन्डेसनको ज्ञापन पत्र

बलात्कारमाथिको कानुन संशोधनको माग गर्दै समृद्धि फाउन्डेसनको ज्ञापन पत्र

नेपालखबर
चैत ७, २०७८ सोमबार ११:४२, काठमाडौँ

बलात्कार र हत्याहिंसा जस्ता अपराधबाट बालबालिका बचाउन कानुन संशोधन गर्दै अपराधीलाई कडा सजाय दिलाउनुपर्ने मागसहित समृद्धि फाउन्डेसन नेपालले राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ।

सुन्दरहरैंचा नगरपालिका –७ की १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घटनाबारे ध्यानाकर्षण गराउँदै फाउन्डेसनले आरोपमा पक्राउ परेका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन्।

फाउन्डेसनकी अध्यक्ष संगीता श्रेष्ठले कानुन फितलो भएकै कारण यस्ता घटना र अपराध बारम्बार हुने गरेकोमा जोड दिइन्। मुखमा कालो पट्टी बाँधेर बलात्कार र हत्याहिंसाको विरोध गर्दै फाउन्डेसनकी अध्यक्ष श्रेष्ठले ज्ञापन पत्र बुझाउँदै बलात्कार र हत्याहिंसाजस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न नसक्ने हाम्रो कानुन यति कमजोर किन ? भनेर प्रश्न गरेकी छिन्।

‘कानुन कमजोर हुँदा त्यस्ता अपराध र अपराधीको मनोबल घट्न सकेको छैन। त्यसैले उनीहरु पटक पटक त्यही अपराध दोहोर्‍याइरहेका छन्’ अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘समाजमा त्यस्ता अपराधी खुला रुपले घुमिरहेकै कारण आज हरेक बालबालिका र महिलाको स्वतन्त्र र सुरक्षित भई बाँच्न पाउने अधिकार खोसिएको छ।’

ज्ञापन पत्र बुझ्दै राष्ट्रिय महिला आयोगकी माननीय सदस्य कृष्ण कुमारी खतिवडाले यस्तो घटनाले विक्षिप्त बनाए पनि आफूहरुले यस्तो घटना रोकथामका लागि योजना अगाडि सारेको बताइन। आयोगकी कमला पराजुलीले  तत्कालै अन्तरक्रियात्मक कार्यक्रम मार्फत सरकारलाई कानुन समीक्षा गर्न ध्यानाकर्षण गराउने बताएकी छिन्।

राष्ट्रिय मानव अधिकार आयोगका सह–सचिव दीपकजंग ध्वज कार्कीले ज्ञापनपत्र लिँदै आयोगले यस्तो मुद्दामा सरकार, प्रहरी, सामाजिक कहाँ चुक्यो ? मानव अधिकार आयोगको भुमिका कस्तो हुन्छ भन्ने कुरामा बहस गर्दै अगाडी बढ्नुपर्ने बताए। फाउन्डेसनकी अध्यक्ष श्रेष्ठ आउँदा दिनमा कानुनमा भएका कमजोरीलाई प्रस्ट्याउने गरी चेतनाको कार्यक्रम अगाडी बढाउने बताइन्।

‘हामीले विभिन्न कार्यक्रम मार्फत नेपाल सरकारलाई कानुन संसोधन गर्न ध्यानकर्षण गराउनेछौँ’ अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘आम मानिसलाई समेत चेतनशील बनाउन यसै साता सडक नाटक समेत गर्दै छौँ’ सञ्चारकर्मी हुँदै फिल्म निर्देशक समेत बनेकी श्रेष्ठले आफ्नो डेब्यु फिल्म ‘कथा काठमाडौँ’ मा समेत यस विषयलाई समेटेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad