कला


पर्यटनमन्त्री प्रेम आलेसँग सलमान खानले भने: नेपालमा सुटिङ गरेको फिल्म प्रदर्शन नै भएन

पर्यटनमन्त्री प्रेम आलेसँग सलमान खानले भने: नेपालमा सुटिङ गरेको फिल्म प्रदर्शन नै भएन

नेपालखबर
चैत ९, २०७८ बुधबार २०:३७, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच बुधबार कुराकानी भएको छ। 

होटल सोल्टीमा पुगेर मन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका हुन्। यस क्रममा पर्यटनमन्त्री आलेले सलमानलाई नेपाल आउन निम्ता गरेका छन्। मन्त्री आलेले सलमानसँग कुरा गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए। 

उता सलमानले पनि आलेसँग संवाद गर्न पाउँदा खुसी लागेको बताए। उनले नेपाल मनपर्ने बताउँदै आफू चाँडै आउने जानकारी गराए। 

आफ्नो चलचित्र प्रवर्द्धनका लागि सलमान खान आगामी  जेठ १४ गते नेपाल आउँदै छन्। 

पर्यटनमन्त्री आलेसँगको संवादमा सलमान खानले आफूले नेपालमा सुटिङ गरेको फिल्म प्रदर्शनमा नआएको कुरा पनि सुनाए। 

उनले ‘बुलन्द’ नामको फिल्म नेपालमा सुटिङ गरेको तर प्रदर्शनमा नआएको बताएका हुन्। 

‘नेपालमा फिल्म सुटिङ भयो। तर त्यो फिल्म पछि प्रदर्शन नै भएन’, खानले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad