कला


प्रलेस पर्वतको अध्यक्षमा पुनः मनस्वी

प्रलेस पर्वतको अध्यक्षमा पुनः मनस्वी

नेपालखबर
चैत ११, २०७८ शुक्रबार १४:२४, काठमाडौँ

प्रगतिशील लेखक संघ (प्रलेसं) पर्वतको अध्यक्षमा किशोर मनस्वी चयन भएका छन्। 

बिहीबार भएको भेलाले मनस्वीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो।

त्यस्तै संघको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः संगीता सुवेदी, आनन्द रिमाल, दीपसागर पौडेल र वसन्तविक्रम तिमिल्सन चयन भएका छन्।

त्यस्तै भेलाले सदस्यहरुमा क्रमशः साजन परियार, दिलिप शर्मा, लक्षमण विक, राजु विक, राजु पौडेल, झलक पौडेल र निर्मल शर्मा चयन गरेको छ। 

पहिलो कार्यकाल कोभिड १९ को महामारीमा परेका कारण उल्लेख्य काम गर्न नसकिएको बताउँदै अध्यक्ष मनस्वीले यस पटक भने काम गर्ने वातावरण भएको बताए।

उनले भने, ‘पहिलो कार्यकाल कोभिड कहरका बीचमा सकियो ।  यसपटक टिम र वातावरण दुवै मिलेका कारण केही काम गर्न सकिन्छ भन्ने लागेको छ।’

भेलाले केन्द्रीय प्रतिनिधिमा अध्यक्ष मनस्वी र उपाध्यक्ष सुवेदीलाई र  प्रदेश प्रतिनिधिमा आनन्द रिमाल, दीपसागर पौडेल, वसन्तविक्रम तिमिल्सेना, झलक पौडेल र निर्मल शर्मालाई चयन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad