कट्रिना कैफ र विक्की कौशल बिहे गरेयता बलिउडको सबैभन्दा मनपर्ने र चर्चाको जोडी बनेका छन्।
हनिमुनपछि दुवै जना तुरुन्तै आआफ्ना काममा व्यस्त भए तर पनि नवविवाहित जोडीले आफ्नो व्यस्त कार्यक्रमबाट एकअर्काका लागि समय निकाल्छन् र सामाजिक सञ्जालमा आफ्ना रोमान्टिक तस्बिर सेयर गरिरहन्छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यतिबेला पनि यो मायालु जोडी मानिसको भीडभन्दा टाढा सुन्दर उपत्यकाहरूमा समय बिताइरहेका छन्। अभिनेत्री कट्रिना कैफले पति विक्की कौशलसँगका रोमान्टिक तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्।



429
Shares

प्रतिक्रिया