कला


अभिनेता पल शाहको थुनछेक बहस आज

अभिनेता पल शाहको थुनछेक बहस आज

नेपालखबर
चैत २३, २०७८ बुधबार ७:४५, काठमाडौँ

नावालिगलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको थुनछेक बहस आज हुँदैछ। जिल्ला अदालत नवलपुरमा आज शाहविरुद्धको मुद्दामा थुनछेक बहस हुन लागेको हो।

त्यसका लागि मंगलबारै शाहलाई तनहुँ  हिरासतबाट नवलपुर लगिएको थियो। शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ।

मंगलबार नवलपुरका जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको थियो। 

आज नवलपुरमा सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्ने तयारी गरेका छन्। 

हिजो अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए। 

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा शाहविरुद्ध नवलपुरमा चैत ३ गते जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुर र तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad