कला


चलचित्रकर्मी कल्याणकारी कोषमा दीपक-दीपाको सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषमा दीपक-दीपाको सहयोग

नेपालखबर
चैत २३, २०७८ बुधबार १६:७, काठमाडौँ

कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीले संयुक्त रुपमा चलचित्रकर्मी कल्याणकारी कोषमा सहयोग रकम हस्तान्तरण गरेका छन्।

उनीहरुले तीन लाख रुपैयाँ कोषका नाममा हस्तान्तरण गरेका हुन्। 

उनीहरुले व्यक्तिगत रुपमा एक/एक लाख रुपैयाँ कोषलाई सहयोग गरेका हुन्।

कोष संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले ३ कलाकारले कोषलाई आर्थिक सहयोग गरेको जानकारी दिइन्।

कोषकी सदस्य समेत रहेकी निर्देशक निरौलाले कलाकारको दायित्व सम्झेर आफ्नो कमाइको केही रकम सहयोग गरेको बताइन्।

कलाकार विपत्तिमा परेका बेला कोषले सहयोग गर्ने भएकाले पनि आर्थिक सहयोग गरेको उनको भनाई छ।

कोषले पछिल्लो समय फिल्मकर्मीको उपचार र वृद्धवृद्धालाई पनि आर्थिक सहायता प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad