कला


नयाँ वर्ष सुरु भएको दिन कालिमाटीमा नयाँ फिल्महल सञ्चालन

नयाँ वर्ष सुरु भएको दिन कालिमाटीमा नयाँ फिल्महल सञ्चालन

नेपालखबर
बैशाख १, २०७९ बिहिबार ६:५०, काठमाडौँ

नयाँ वर्ष सुरु भएको अवसर पारेर वान सिनेमाजले आजदेखि काठमाडौंको कालिमाटीमा नयाँ फिल्महल सञ्चालन गरेको छ।  

कालिमाटी ट्रेड सेन्टरको चौथो तलामा रहेका फिल्महलमा पहिलो दिन आज  ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ प्रदर्शन गरिँदै छ। 

वान सिनेमाजका  अनुसार हल तीन सय सिट क्षमताको छ भने थ्रीडी र डल्बी अटमस ध्वनि प्रविधि जडान गरिएको छ। हल दुई अडिटोरियमसहितको छ।

यसअघि वान सिनेमाजले यस्तै फिल्महल नयाँ बानेश्वरमा सञ्चालन गरिसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad