कला


२९२ चोटि स्पाइडर म्यान हेरेर यी व्यक्तिले बनाए नयाँ कीर्तिमान

२९२ चोटि स्पाइडर म्यान हेरेर यी व्यक्तिले बनाए नयाँ कीर्तिमान

नेपालखबर
बैशाख ४, २०७९ आइतबार १६:४६, काठमाडौँ

एक अमेरिकी नागरिकले धेरै फिल्म हेरेर नयाँ कीर्तिमान बनाएका छन्। 

रामिरो एलानिस नामका फ्लोरिडाका अमेरिकी नागरिकले ३० दिन अर्थात् ७२० घण्टा स्पाइडर म्यानः नो वे होम’ हेरेर कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ। 

यसअघि उनले सन् २०१९ मा एभेन्जर्सः एन्डगेम १ सय ९१ पटक हेरेर कीर्तिमान कायम गरेका थिए। तर सन् २०२१ मा आर्नाउद क्लेनले ‘कामिलटः फर्स्ट इन्स्टलमेन्ट’ २०४ पटक हेर्दै उनको कीर्तिमान आफ्नो बनाए। 

त्यसपछि फेरि अहिले उनले नयाँ कीर्तिमान बनाएका हुन्। उनले स्पाइडर म्यान सन् २०२१ डिसेम्बर १६ देखि २०२२ मार्च १५ सम्ममा यो कीर्तिमान बनाएका हुन्। सुरुका केही हप्ता उनले हरेक दिन पाँच पटक फिल्म हेरेका थिए। 

उनले यो फिल्म हेरेर कीर्तिमान बनाउन ३ हजार ४ सय डलरबराबरको टिकट खरिद गरेको सीएनएनले जनाएको छ। तीन महिना फिल्म हेरेपछि उनले नयाँ कीर्तिमान बनाउन सफल भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad